मगर मुक्ति मोर्चा नेपाल दाङद्वारा सिडियो कार्यालयलाई ज्ञापनपत्र: एमसीसी,एसपीपी र पक्राउ पुर्जी फिर्ताको माग

डेली न्युजराप्ती       २९ श्रावण २०७९ १९:५२ मा प्रकाशित     348 No Comments


साउन २९,घोराही। मगर मुक्ति मोर्चा नेपाल दाङले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाइ ज्ञापनपत्र बुझाएको छ।
नेकपा निकट मगर मुक्ती मोर्चा नेपाल जिल्ला समिती दाङले आइतबार जिल्ला प्रशासन कार्यालय घोराहीमा ज्ञापनपत्र बुझाएको हो।

मगर मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सेबेन्द्र र दाङ जिल्ला उपाध्यक्ष लगायतको टोलि पुगेर दाङ जिल्ला प्रशासन कार्यालय प्रमुख हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा राष्ट्रघाती एमसीसी सम्झौता,एसपीपी सम्झौता र पार्टीका महासचिव विप्लवसहित २५ नेता विरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरिएको छ।

ज्ञापनपत्रको पुरापाठ:

यस्तै मगर मुक्ती मोर्चा नेपाल जिल्ला समिती दाङको तेस्रो पुर्ण बैठक आइतबार घोराहीमा सम्पन्न भएको छ।
संगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सेबेन्द्रको अध्यक्षता,नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा घोराही उपमहानगर इन्चार्ज निर्मल ,अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य अशोका ,अखिल किसान महासंघका जिल्ला अध्यक्ष पन्चराम ,युवा संगठन नेपाल दाङका जिल्ला सचीव पदमको विशेष उपस्थितमा बैठक सम्पन्न भएको हो।
बैठकले पार्टीको आसन्न नवौं महाधिवेशनलाई भव्यताका साथ सफल पार्न जिल्लाव्यापी अभियान संचालन गर्ने निर्णय गरेको मोर्चाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार