ओखलढुंगामा बैध माओवादीको पोस्टर र पर्चासहित शंकास्पद वस्तु फेला

डेली न्युजराप्ती       ३ मंसिर २०७९ १२:५५ मा प्रकाशित     243 No Comments

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ । पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार जोडिएको वस्तु फेला परेको हो ।

शनिवार विहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको बस्तु विष्पोटक पदार्थ बम भएको आशंका गरिएको छ । शंकास्पद वस्तुसँगै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को चुनाव बहिष्कारसम्बन्धी पोष्टर र पर्चा समेत फेला परेको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाउने र घटनाबारे अनुसन्धान गर्ने कामका लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी शुकदेव खनालले जानकारी दिनुभयो ।

निर्वाचनको मुखैमा शंकास्पद वस्तु फेला परेसँगै ओखलढुंगामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार