रोजगारीको सिलसिलामा जापान गएका वडा सदस्यका छोराको मृत्यु!

डेली न्युजराप्ती       २० चैत्र २०७९ ०७:१८ मा प्रकाशित     118 No Comments

तुलसीपुर । करिब एक वर्ष अघि जापानमा अध्ययनका लागि गएका तुलसीपुरका एक युवकको रहस्यमय निधन भएको पारिवारिक श्रोतले बताएको छ । ऋण तिर्ने पैसा पर्सि आइतबार पठाइदिन्छु कुनै टेन्सन नगर्नु होला भन्दै आमा र बुबासँग शुक्रबार साँझ टेलिफोनमा लामो कुराकानी गरेका छोराको आइतबार बिहानै एकाएक मृत्युको खबरले परिवार यतिबेला शोकमा डुबेको छ ।

तुलसीपुर उपमहानगरपालिका– ३ सिस्नेरी निवासी २२ वर्षका खिमबहादुर बूढा २०७८ चैत्रमा अध्ययनसँगै रोजगारीका लागि जापान गएको बुवा कर्णबहादुर बुढाले जानकारी दिनुभयो । जापानको ओकिनावामा कमाउँदै र पढ्दै आएका खिमबहादुर शनिबार राति साढे ११ बजे कोठामा मृत अवस्थामा फेला परेका थिए ।

‘छोराले अस्ति फोनमा कुनै टेन्सन नगर्नुहोला । ऋण तिर्ने पैसा पर्सि खातामा हालिदिन्छु भनेर उल्टै हामीलाई सम्झाउँदै फोन राखेको हो । कुनै बेला निराशाका कुरा गरेन । चुनावमा तपाई उठ्नुस भनेर भन्ने त्यही छोरो हो । अबको एक वर्षभित्र म आउँदा लागेको ऋण तिरीसक्छु । कमाइ पनि राम्रो छ भन्ने छोरो आफै कसरी पासो लाग्छ ।’ बुवा कर्णबहादुरले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिका –३ का वडा सदस्य समेत रहेका कर्णबहादुरले घटनाको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनका लागि पहल गरिदिन नेपाल सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार