नेकपा बबईद्वारा पार्टी सदस्य स्तरीय राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       २४ आश्विन २०८० १९:२३ मा प्रकाशित     120 No Comments

असोज २४ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी बबई गाउँपालिका समितिको आयोजनामा पार्टी सदस्यहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार बबई गाउँपालिकाको हापुरेमा आयोजित राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , पार्टीका पश्चिम दाङका सचिव निर्मल सी लगाएतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणको क्रममा नेकपाका नेताहरुले एमसिसी मार्फत अमेरिकी साम्राज्यवाद नेपालको दैलोमा आइपुगेकाले अबको पार्टीको योजना राष्ट्रिय स्वाधीनताको लडाइँमा केन्द्रित हुने बताएका थिए ।

राष्ट्रिय स्वाधीनता सर्वाधिक संकटमा भएकाले राष्ट्रिय मुक्ती युद्धको विकल्प नभएको प्रशिक्षणको क्रममा नेताहरुले धारणा राखेका थिए ।

प्रशिक्षण कार्यक्रममा नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य हिक्मत सी , नेकपा बबईका इन्चार्ज उज्वल सी , मगर मुक्ती मोर्चाकि केन्द्रीय सदस्य एवम एकीकृत जनक्रान्तीका सहिद क. महानकि पत्नी मालती सी लगाएतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार