दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध लडाईका सबै मोर्चा खोल्नु पर्छः देव गुरुङ

डेली न्युजराप्ती       ३० चैत्र २०८० ०७:४६ मा प्रकाशित     104 No Comments

बसन्त विक

सुर्खेत । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध लडन लडाईका सबै मोर्चा खोल्नुपर्ने बताएका छन ।

समाजवादी मोर्चा नेपालले विहिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध लडन लडाईका सबै मोर्चा खोल्नुपर्ने बताएका हुन ।

उनले यसका लागि सडक,सदन र सरकारको मोर्चा भएको भन्दै यी सबै मोर्चा कम्युनिष्टहरुले प्रयोग गर्नु पर्ने बताए ।समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य समेत रहेका नेता गुरुङले साम्राज्यवादले दोस्रो विश्वयुद्ध पछि माओको निधनयता कम्युनिष्ट समाजवादी विरुद्ध लड्ने नयाँ रणनीति विकास गरेको चर्चा गर्दै कम्युनिष्टहरुले पनि नयाँ रणनीतिको विकास गरेर साम्राज्यवाद विरुद्ध लड्नुपर्ने बताए ।

उनले भने ‘दर्शनमा र रणनीतिमा साम्राज्यवाद पहिलो र दोस्रो विश्वयुद्धको जस्तो छैन,वहुलवाद र उदारपुँजीवादको नीति मार्फत विश्वलाई कव्जा गर्न खोज्दैछ । उ कम्युनिष्ट विरुद्ध माओपछि तिव्र रुपमा आएको छ,उसले चारैतिरबाट कम्युनिष्ट विरुद्ध आक्रमण गरेको छ । त्यसो भएर कम्युनिष्टहरुले पनि साम्राज्यवाद विरुद्ध लडेर जित्न सबै मोर्चाको प्रयोग गर्नुपर्छ ।’

उनले कम्युनिष्टहरुले विगतको माक्र्सवादको आधारभूत कुरामा टिकेर आफूलाई रिभ्यू गर्नुपर्ने बताए । उनले साम्राज्यवादले कम्युनिष्टहरुलाई विखण्डन गर्ने सिद्धान्त विकास गरिरहेको भन्दै त्यस विरुद्ध लड्न कम्युनिष्टहरु युनिफाईड हुनुपर्ने बताए ।

नेता गुरुङले भने ‘आत्मकेन्द्रीत व्यक्तिवाद पुँजीवादले जन्मायो, कम्युनिष्टहरु केही विग्रिए,यसलाई सुधार्नुपर्छ, कम्युनिष्टहरुले प्रतिस्पर्धा र सहमति दुवै गर्नुपर्छ । हामी फुटेर होइन जुटेर दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध लडौं ।’

उनले राज्यसत्तामा सुगौली सन्धी,१९५० को सन्धी लगायतका सन्धी सम्झौताबाटै गलत स्कुलिङ भएको भन्दै यसलाई बदल्न नेपाली विशेषताको समाजवाद अनिवार्य भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार