तुलसीपुर २३-माघ/ निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) तुलसीपुर नगर कमिटीले आधारभूत स्तरीय (कक्षा १ देखि ८ सम्म) फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन तुलसीपुरले २८ माघ देखि फागुन १ गतेसम्म आधारभूत स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
यस प्रतियोगितामा सहभागी हुने समुहले यही माघ २६ गतेभित्र दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ । समुह दर्ता शुल्क प्रति विद्यालय तीन हजार रुपैँया समेत शुल्क तोकिएको छ ।
प्रतियोगिताका विजयी समुहलाई नौ हजार नगद तथा मेडल, कप र प्रमाणपत्र, दोस्रो हुनेलाई ७ हजार नगद, कप, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई ५ हजार नगदसहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक कमल सापकोटाले जानकारी दिए ।
त्यस्तै उद्घाटन खेल तुलसीपुरमा क्रियाशिल पत्रकार र विद्यालयका प्रधानाध्यपकबीच हुने सापकोटाले बताएका छन् । तुलसीपुर नगर, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा रहेका विद्यालयका बिच खेल प्रतियोगिता हुनेछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.