अखिल(क्रान्तिकारी)द्वारा पद्मोदय पब्लिक नमुना मा.बि.मा ८ बुदे माग पूरा गर्न ५ दिने अल्टिमेटम

डेली न्युजराप्ती       २६ जेष्ठ २०७९ १३:१७ मा प्रकाशित     455 No Comments


जेठ २६,दाङ। विप्लव निकट अखिल (क्रान्तिकारी)पद्मोदय पब्लिक नमुना माबि मुल इकाइ कमिटीले विभिन्न ८ बुदे माग सहित बिधालयलाई मागपत्र पेश गरेको छ।
इकाइ कमिटीका अध्यक्ष खुम रिजालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विभिन्न शैक्षिक सुधारका माग राखि माग पूरा गर्न ५ दिने अल्टिमेटम दिइएको छ।

अखिल (क्रान्तिकारी)पद्मोदय पब्लिक नमुना माबि मुल
इकाइ कमिटीद्वारा राखिएका मागहरु यसप्रकार छन:
(१) सौचालयको अभाव ,भएका सौचालयको उचित सरसफाइ र व्यवस्थापन नहुनुले विद्यार्थी हरुले निकै सास्ती खेप्न परिरहेको छ।तत्काल सौचालयको र शुद्ध ,प्रशोधित खानेपानीको बैकल्पिक व्यवस्था गरियोस्।साथै छात्रहरुलाइ सेनेटरी प्याड र प्रयोगको निम्ति कोठा तयार गरियोस् ।
(२)पद्मोदयको शैक्षिक गुणस्तर दिनानुदिन खस्कदै छ।पठनपाठन नियमित छैन ।त्यसकारण गुणस्तरीयतालाई ख्याल गर्दै नियमित पठनपाठन गराउने तर्फ तत्काल ध्यान दिइयोस् र शिक्षकहरुले विभिन्न बहानाबाजी गर्दै नियमित कक्षामा नगइ पठनपाठनमा बाधा पुर्‍याइरहेकोले तत्काल ती शिक्षक हरुलाइ कक्षामा नियमित पठनपाठनमा जोड दिन निर्देशन दिइयोस् ।
(३) संविधानमै माध्यामिक तह सम्मको शिक्षा निशुल्क र अनिवार्य भनिएको छ तर यस विद्यालयमा चर्को शुल्क लिइ विद्यार्थी अभिभावकको ढाड सेक्ने काम गरिएको छ।तत्काल शुल्क घटाइ सवै तहका नागरिकका छोराछोरीले यस विद्यालयमा सहजै पढ्न पाउने वातावरण तयार गरियोस्।
(४)शिक्षक/कर्मचारी नियुक्ति गर्दा आफ्ना नजिकका आसेपासे नभइ निष्पक्ष ,स्वच्छ तरिकाले प्रतिस्पर्धा गराइ सक्षम,योग्य,क्षमतावान व्यक्ति हरुलाइ छनोट गरियोस् ।
(५) यस विद्यालयमा कार्यरत शिक्षक ,कर्मचारीका छोराछोरी लाई पनि यसै विद्यालयमा पढ्ने वातावरण सिर्जना गरियोस् ।
(६) विद्यालयको शैक्षिक ,भौतिक सुधारको निम्ति भन्दै यस विद्यालयले बिगतमा महायज्ञको आयोजना गरि ठुलो रकम र केही भौतिक सम्पत्ति संकलन गरेको थियो हाल त्यसको स्थिति सार्वजनिक गरियोस्।
(७) CTEVT अन्तर्गतका प्रयोगात्मक बिषय हरुको practical तत्काल गराइयोस साथै पाठ्यक्रम अनुसारको पाठ्यसामग्री तत्काल उपलब्ध गराइयोस्।
(८) बिगतमा हाम्रो संगठन र विद्यालय प्रशासन संग भएका सम्पूर्ण सहमति कार्यान्वयन गरियोस् ।

मागपत्रको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार