दाङमा चुनाव खारेजी सभामा बोल्ने वक्ताले भने ‘घोषणापत्रमा किन एमसिसी पास गरेको लेखेनौ’?

डेली न्युजराप्ती       ३० कार्तिक २०७९ १३:३४ मा प्रकाशित     337 No Comments

कार्तिक ३०, दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीले संसदीय निर्वाचन खारेजी विरुद्ध पिढीसभा सम्पन्न गरेको छ ।
आज बुधबार घोराही-१६ जुरुट्टेमा नेकपा घोराही उपमहानगर कमिटीले आसन्न मंसिर ४ को संसदीय निर्वाचन विरुद्ध पिढीसभा सम्पन्न गरेको हो ।

सभामा निर्वाचन खारेजी विरुद्ध धारणा राख्ने वक्ताहरुले संसदवादी दलहरुले आफ्नो घोषणापत्रमा किन एमसिसी पास गरेको लेखेनेन भन्दै प्रश्न गरेका थिए ।
सभामा बोल्दै नेकपा दाङका जिल्ला कमिटीका सदस्य पदम सीले भने – ‘ संसदवादी दलालहरुले आफ्नो घोषणपत्रमा राष्ट्रघाती एमसिसी सम्झौता पास गरेका छौँ भनेर किन लेखेका छैनन्? एमसिसीका मतियारप्रती जनताको तिब्र आक्रोश छ त्यसैले गाउँगाउबाट लखेटिने डरले एमसिसीका बारेमा घोषणापत्रमा लेखेनन । तर हामी उद्घोष गर्न चाहान्छौ राष्ट्रघाती एमसिसीका मतियारलाइ भोट नदिनुस बरु गाउँमा भोट माग्न आएका बेला लखेट्नुस ।’

यस्तै पिढिसभामा बोल्दै अनेमसंघ क्रान्तिकारीकि केन्द्रीय सदस्य अशोका सीले मंसिर ४ को लुटेराहरुलाइ बैधानिकता दिने निर्वाचन खारेज गर्न अपिल गरिन । उनले भनिन– ‘पाँच वर्षसम्म लुटेर आएका लुटेराहरुलाइ भोट दिएर थप अर्को पाच वर्ष लुट्न लाइसेन्स दिन हुदैन । भोट माग्न आएका बेला सोध्नुपर्छ हाम्रा लागि के गर्यौ?एमसिसी पास किन गर्यौ? कुनैपनी हालतमा यो निर्वाचनमा भोट नहाल्नुस बरु जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि संगै लडाइँ लड्न अघि बढौ ।’

संसदीय निर्वाचन खारेजीको लागि आयोजित सभाको सहजीकरण नेकपा दाङका जिल्ला कमिटी सदस्य दिनेशले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार