प्रचण्ड घाँटीमा झुण्डिएको मुद्दाको तरबारबाट मुक्त हुने हो भने जनक्रान्तीको मोर्चामा आउनुपर्छ : सविन

डेली न्युजराप्ती       २० फाल्गुन २०७९ २१:०९ मा प्रकाशित     148 No Comments

फागुन २० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले अहिले घाँटीमा झुण्डिएको मुद्दाको तरबारबाट मुक्त हुने हो भने प्रचण्ड जनक्रान्तीको मोर्चामा आउनुपर्ने बताएका छन् ।
नेकपाका राप्ती ब्युरो इन्चार्ज समेत रहेका नेता सविन सीले शनिबार तुलसीपुरमा नेकपा पश्चिम दाङद्वारा आयोजित सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्ड विरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको फैसलालाई मध्यनजर गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भने – ‘ सहिदहरुका सपना लत्याएर संसदीय व्यवस्थामा पतन भएका प्रचण्ड कमरेडको नाउँमा पनि सर्वोच्चमा मुद्दा दर्ता भएको छ । प्रचण्डजी तपाइँको घाटीमा झुण्डिएको मुद्दाको तरबारबाट मुक्त हुन चाहानुहुन्छ भने समाजवादि आन्दोलनमा आउनुहोस , हामी संगै एकीकृत जनक्रान्ती मार्फत नेपालको यो दलाल पुजीवादी सत्तालाई फालौ होइन भने तपाइँलाई पनि यो सत्ताले यति सजिलै घाँटीमा झुण्ड्याएको तरबारबाट मुक्त हुनदिने छैन ।’

प्रचण्डले भनेजस्तो हामिले पार्टी फुटाएका होइनौं , उनले थपे ‘ हामी तपाइँको संसदपरस्त संसोधनबादी बिचारबाट अलग भएका हौं । यहि व्यवस्थामा सति जान तयार हुँदासम्म तपाईंहरुसंग सहकार्य हुदैन । तपाइँहरु सहिदका सपना पूरा गर्न समाजवादी आन्दोलनको मोर्चामा आए स्वागत गर्न तयार छौं ।’
नेता सविनले अहिलेसम्मका आन्दोलनले बदल्न नसकेको आर्थिक व्यवस्था बदल्न पार्टीले एकीकृत जनक्रान्ती गरिरहेको समेत बताए ।
जनयुद्धका सहिद , बेपत्ता र घाइते योद्धाहरुका पिडासंग एकाकार हुन कार्यक्रम गरेका हौं , उनले फेरि भने ‘हाम्रा मुटुका चालहरुमा सहिदका धड्कन धड्किरहेका छन् । शहिदले देखेका सपना पूरा गर्नु भनेको नेपालको बिभेदकारी राज्यसत्ता विघटन गर्नु नै हो । नेपालको राजनीतिक , आर्थिक व्यवस्था परिवर्तन गर्ने आन्दोलन रोकिएको छैन ।’

सबै मान्छेहरु देश र जनताप्रती बलिदान गर्न तयार नहुने भन्दै नेता सविनले महान सहिदहरुप्रती सबैले गर्व गर्नुपर्ने बताएका हुन् ।

सहिद अभिनन्दन कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले सहिदहरुका अधुरा सपना पूरा गर्ने राजनीतिक कार्यक्रम प्रचण्ड , बाबुराम र किरण कसैसँग नभएकाले सहिद परिवारहरु भ्रमित नहुन आग्रह गरेका थिए ।
महान जनयुद्ध हुँदै एकीकृत जनक्रान्तीसम्मका सहिदहरुका अधुरा सपना पूरा गर्ने अभियानमा नेकपा नै रहेको नेता प्रदिपले स्पष्ट पारेका हुन् ।

सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुको अभिनन्दन कार्यक्रममा बेपत्ता योद्धा परिवार समाज नेपालका केन्द्रिय सदस्य सुन्दर सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय सदस्य रुद्र सी , राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , सहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य धर्ती सी , सहिद परिवारहरुको तर्फबाट मालती सी , घाइतेहरुको तर्फबाट इश्वरी पाण्डे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

नेकपाका पिविएम शितल सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य जिवनी सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सी , अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य बिजय सी , अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य निर्मला सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य तथा सहिद परिवार शुरेस सी , नेकपा तुलसीपुर उपमहानगर कमिटी इन्चार्ज भुवन सी , जनसेवकका जिल्ला अध्यक्ष प्रतिरोध सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी शिव सी , युवा संगठन नेपाल पश्चिम दाङका संयोजक दिपेन्द्र सी , नेकपा पश्चिम दाङका जिल्ला कमिटी सदस्यहरु भरत सी , रण बहादुर सी , अरुणा सी , सपनशिला सी , कमला सीको आतिथ्य रहेको थियो ।

नेकपाका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्वल सीले गरेका थिए भने अध्यक्षता नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले गरेका थिए ।

नेकपा पश्चिम दाङद्वारा आयोजित सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुको अभिनन्दन कार्यक्रममा पश्चिम करिव २०० सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाइ अभिनन्दन गरिएको नेकपा पश्चिम दाङले डेलिन्युजराप्तिलाइ जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार