सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि अघोषित प्रतिबन्ध लगायो: नेता विषम

डेली न्युजराप्ती       १२ भाद्र २०७९ ००:१२ मा प्रकाशित     206 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर “विषम” ले सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि अघोषित प्रतिबन्ध लगाएको ठोकुवा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता विषमले सो ठोकुवा गरेका हुन् । नेता विषमले नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उलङ्घन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेर सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको अघोषित प्रतिबन्धको डटेर सामना गर्ने चेतावनीसमेत दिए । उनले नेकपाले ३ बुंदे सहमति पुर्णरुपमा पालना गरेको बताउदै सरकारले नेकपामाथी लगाएको प्रतिबन्धमात्र खारेज गरेको र सहमति बमोजिम बन्दि रिहा र मुद्दा फिर्ता नलिएर ३ बुंदे सहमतिको उलंघन गरेको बताउदै सरकार जुन ढंगले अगाडी बढ्छ पार्टी पनि त्यहि ढंगले अगाडी बढ्ने बताए ।
यसैगरी, नेता विषमले नेपाल अमेरिकी साम्राज्यवादीहरुकाे एउटा अंश बनिसकेको बताउदै देशकाे अवस्था गम्भीर मोडमा पुगेको र विदेशीहरुकाे उपनिवेश बन्नबाट देशलाई बचाउन सबै लाग्नु पर्ने बताए । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रज्वलनले मिडियाले उद्योगको रुप लिएको बताउदै पत्रकार कामदारमा परिणत भएको उल्लेख गर्दै स्वतन्त्र पत्रकारको अन्त्य भएको ठोकुवा गरे।
जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत , पत्रकार महासंघका महासचिव रोशन पुरी , नेकपानिकट युवा संगठनको महासचिब विदुषी , जनपत्रकार संगठनका पुर्व अध्यक्ष प्रकाश डुम्रेलगायतले सुभकामना दिएका थिए। जनपत्रकार संगठनका संयोजक शेबहादुर बिस्वकर्माको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहको संचालन बसन्त बिकले गरेका थिए भने स्वागत जानकी चौधरीले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार