श्रवण कुमार यादव।
राजपुर, ८- बैशाख। राजपुर गाउँ कार्यपालिकाको आयोजनामा सञ्चालन भएको एक महिने लोकसेवा आयोग तयारी कक्षाको आज समापन गरिएको छ ।
चैत्र ०७ गते बाट शुरु भएको ३० दिने लोकसेवा आयोग तयारी कक्षा आज समापन भएको हो। राजपुर गाउँपालिका स्थित विभिन्न कार्यालयका कार्यरत कर्मचारीहरुबाट कक्षा सञ्चालन गरिएको थियो । लोकसेवा तयारी कक्षामा गाउँपालिकाका सात वटै वडाबाट महिला र पुरुष गरि ३१ जना यूवा बिद्यार्थीहरुको सहभागिता रहको थियो। उक्त कार्यक्रम +२ संकायका बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरेको राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मीले बताए।
तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै राजपुर गाउँपालिका योजना शाखाका प्रमुख सनम धितालले सबैलाई लगनशील भएर पढ्न सल्लाहका साथै भोलिका दिनमा सबै सँगै काम गर्ने वातावरण मिल्ने आशा लिँदै उज्ज्वल भविष्यको कामना समेत गरेका थिए।
यस्तै तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा गाउँपालिका उप-प्रमुख धनपति यादवले याे दाङकै विकट क्षेत्र भएकाले प्राथमिकता साथ लोकसेवा आयोग लक्षित तालिमको आयोजना गरिएको स्पष्ट पारेका थिए। आगामी दिनहरुमा पनि बिद्यार्थीहरुको सिकाइलाई मध्यनजर गर्दै अन्य थुप्रै तालिमको आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
राजपुर गाउँपालिकाका उप-प्रमुख धनपति यादवको अध्यक्षता तथा प्रमुख अतिथ्यमा भएको उद्घाटन कार्यक्रमको सहजीकरण राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मीले गरेका हुन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.