श्रवण कुमार यादव।
लमही , २३ कार्तिक। नेपाल कम्युनिस्ट पार्टी निकट सामाना सांस्कृतिक परिवारको जनजागरण अभियान दाङको देउखुरीमा हजारौं जनसमुदायको उपस्थितिमा सम्पन्न भएको छ ।
आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजीका लागि अभियान चलाउदै आएको नेकपा निकट सामना सांस्कृतिक परिवारको जनजागरण अभियानले मंहगी, भ्रष्टाचार, राष्ट्रघात र दलाल संसदीय निर्वाचनलाई खारेज गर्ने अभियानलाई विभिन्न संस्कृतिक तथा संघर्षका कार्यक्रम गर्दै सरकारलाई निरन्तर दबाब दिइरहेको छ ।
केहिदिन अघि मात्रै नवलपुर/नवलपरासीबाट सुरु भएको सामना परिवारको जनजागरण अभियान रुपन्देही,बुटवल, नेकपाका महासचिव विप्लव सीको गाउँ कपिलवस्तु दाङ जिल्लाको देउखुरीमा हजारौं जनसमुदायको उपस्थितिमा सांस्कृतिक सम्पन्न भएको सामना परिवारले जनाएको छ ।
केन्द्रीय सामना परिवारको जनजागरण अभियानलाई सम्बोधन गर्दै नेकपाका पोलिटव्युराे सदस्य शितल सीले आसन्न मंसिर ४ गते हुन गइरहेको संसदीय व्यवस्थाकाे चुनावमा कुनै पनि हालतमा देश बेच्ने दलालहरुलाई भोट हाल्न नहुने बताए । उहाले देशमा यो संसदीय व्यवस्था असफल भइसकेको बताउनुभएको थियो ।
नेता शितलले मंसिर ४ को निर्वाचनमा भोट होइन संसदवादी दलहरुलाइ गाउँगाउँबाट लखेट्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो – ‘राष्ट्रघाती एमसिसी सम्झौता मार्फत देश बेच्ने दलालहरुलाई भोट होइन गाउँबाट लखेट्ने हो । यो चुनावमा भोट हालेर ५ वर्षसम्म देश लुट्ने लाइसेन्स दिन हुँदैन ।’
सामना जनजागरण अभियानको संचालन सामना परिवारका केन्द्रीय संयोजक आरोह सीले गर्नुभएकाे थियाे
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.