रास्वपाका कार्यकर्ताले ‘केपी चोर देश छोड, झण्डा जला, घन्टी बजा’ भन्दै जलाए एमालेको झन्डा

डेली न्युजराप्ती       ९ फाल्गुन २०८२ ०७:०० मा प्रकाशित     16 No Comments

तुलसीपुर, ८ फागुन । दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरूले नेकपा एमालेको झण्डा जलाएका छन् ।
दाङको तुलसीपुरमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह आउने भएपछि भेला भएका उनीहरूले अध्यक्ष केपी शर्मा वली विरुद्ध चर्को नारावाजी गर्दै तुलसीपुरको वीरेन्द्र चोकमा नेकपा एमालेको सुर्य चिन्ह अङ्कित झण्डा जलाएका हुन् ।

‘केपी चोर देश छोड, झण्डा जला, घन्टी बजा’ जस्ता नारासहित प्रदर्शन गरिएको दृश्यले वातावरण थप तनावग्रस्त बनेको थियो । झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

दाङ जिल्ला एमालेले उक्त घटनाप्रति आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ ।  एमाले दाङका सचिव श्याम डाँगीले प्रचार सामग्री खोसेर जलाउने, सार्वजनिक सवारी साधन अटोमा तोडफोड गर्ने कार्य लोकतान्त्रिक संस्कारविरुद्ध भएको भन्दै निष्पक्ष र भयरहित चुनावी वातावरणमाथि प्रश्न उठेको बताउनुभयो।

‘निर्वाचनको समय नजिक आउँदै गर्दा रास्वपाका कार्यकर्ताको यस्तो कार्यले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा आशङ्का पैदा भएको छ । लोकतन्त्र विरोधी यस्तो कार्यले निर्वाचन शान्तिपूर्ण नभई मुठभेड तर्फ जान सक्छ । यस्तो अवस्थामा एमालेका युवाहरूलाई पनि संयमित बनाउन एमालेलाई कठिन हुनसक्छ । त्यसकारण सुरक्षा निकायले यसतर्फ गम्भिर चासोका साथ ध्यान दिएर दोषीलाई कानुनी कठघरामा उभ्याउन आग्रह गर्दछु ।’ सचिव डाँगीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार