हेमन्त प्रकाश ओली ।
जेष्ठ २३ , तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी रुकुम पुर्व जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
आज मङ्गलबार सम्पन्न जिल्लाको प्रथम सम्मेलनले क.जुद्ध सीलाइ पार्टी जिल्ला सचिवमा निर्वाचित गरेको छ ।
सम्मेलनले क.जुद्ध सीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि एकीकृत जनक्रान्तिको आन्दोलन , जन आधारित पार्टी र नेतृत्व निर्माणका लागि प्रथम जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको स्रोतले जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्य तथा नेकपाका केन्द्रीय सदस्य चन्द्र सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला अध्यक्ष धनु सीको बिशेष आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
नेकपाका नेता पृथ्वी सीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको संचालन राकेश सीले गरेका थिए भने सम्मेलनको अध्यक्षता नवनिर्वाचित पार्टी जिल्ला सचिव जुद्ध सीले गरेका हुन् ।
यसरी भयो नेकपा रुकुम पुर्वको प्रथम जिल्ला सम्मेलन:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.