नेकपा सल्यानद्वारा जुवाडेहरुमाथि सामाजिक कारवाही

डेली न्युजराप्ती       १९ कार्तिक २०७८ १५:२८ मा प्रकाशित     515 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी सल्यानले कार्तिक १८ गते जिल्लाको छत्रेश्वेरी गाउपालिका वडा नं. ४ हानेसल्लामा पार्टी समर्थित स्थानीय युवा र जनताले जुवाडेहरुमाथी सामाजिक कार्वाही गरेको जनाएको छ।
पार्टीका जिल्ला सेक्रेटरी नारायण चन्दले आज एक प्रेस बिज्ञप्ति जारी जयचौरमा जुवाडेहरुमाथी सामाजिक कार्वाही गरेको जनाएका छन।
बिज्ञप्तिमा जुवा तास जस्तो सामाजिक अपराध र विसंगति अन्य क्रीयाकलापहरु जिल्ला विभिन्न ठाउमा चलिरहेको र यस्ता अनैतिक गतिबिधीको नियन्त्रण गर्ने निकाय समेत कतिपय ठाउमा मुख दर्शक भएको र कतिपय स्थानमा त झन मिलेमतोमा यस्ता गतिबिधी भइरहेको सुचना आइरहेकोले यसप्रति गम्भीर बन्न सम्बन्धित पक्षको बिशेष ध्यानाकर्षण गराइएको छ। यस्तै बिज्ञप्तिमा जयचौरमा भएको जुवाडेमाथीको सामाजिक कारवाहि पछि प्रहरी प्रशासन जुवाडेको उक्साहटमा जुवाडेहरुकै संरक्षक जस्तो बनेर पार्टीका कार्यकर्तालाई धरपकड गर्ने कुरा निन्दनीय भएको यस्तो कार्यमा संलग्न नहुन प्रहरी प्रशासनलाई आग्रह गरिएको छ।
बिज्ञप्तिमा भनिएको छ,”हामी प्रहरी प्रशासनलाई गम्भीरता पुर्वक आग्रह गर्दछौं कि, सामाजिक अपराध न्यूनीकरण गर्ने सवालमा सरोकारवाला पक्षसंग सहकार्य गर्ने सन्दर्भमा समन्वय र आवश्यक सहयोग गर्ने पार्टीको प्राथमिकताको विषय नै हो। यस्तो सामाजिक मुद्दामा प्रहरी,जनता र राजनीतिक पार्टीको एकीकृत सहकार्य र पहल अति आवश्यक छ”।
बिज्ञप्तिमा सामाजिक जागरणको पक्षमा दृढ बन्दै सामाजिक बिकृती विसंगतिका विरुद्ध जागरुक हुन,चाडपर्वमा जुवा तास खेलेर घरबार बिहिन नहुन र मदिरा सेवन गरेर व्यक्तिगत,पारिवारिक र सामाजिक बाताबरण नखल्बल्यान सल्यानबासी जनसमुदायलाई अनुरोध गरिएको छ। साथै बिज्ञप्तिमा चाडपर्वलाई पारिवारिक र सामाजिक एकता सद्भावको रुपमा खुसियाली सहित मनाउन शुभकामना प्रकट गरिएको छ।
बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार