चुनाव खारेजका पक्षमा जनलहर बढ्दो,सामना परिवारको जनजागरण अभियानमा हजारौं जनता गोलबन्द हुँदै

डेली न्युजराप्ती       २१ कार्तिक २०७९ ०७:५७ मा प्रकाशित     155 No Comments

कार्तिक २१,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी निकट सामाना सांस्कृतिक परिवारको जनजागरण अभियान लोकप्रिय बन्दै गएको छ ।
केन्द्रीय सामना परिवारको जनजागरण अभियानमा दिनानुदिन हजारौं जनताहरु गोलबन्द हुँदै गएका छन ।

केहिदिन अघि मात्रै नवलपुर/नवलपरासीबाट सुरु भएको सामना परिवारको जनजागरण अभियान रुपन्देही,बुटवल हुँदै हिजो नेकपाका महासचिव विप्लव सीको गाउँ कपिलवस्तुमा हजारौं जनसमुदायको उपस्थितिमा सम्पन्न भएको सामना परिवारले जनाएको छ ।

कपिलवस्तु स्थित शिवराज नगरपालिका-९ भगवानपुरमा आयोजित बेजोड सांस्कृतिक कार्यक्रमको संचालन संयोजक आरोहले गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यीय सुशील सीले आफ्नो पार्टीले मंसिर ४ को चुनावलाई खारेज गर्ने बताउनुभएको थियो । पार्टी जनताको न्याय र मुक्तिको लागि निरन्तर जनताको माझमा रहेको नेता शुसिलको भनाइ थियो ।

यता शान्तिपुर्ण ढंगले जनजागरण अभियान संचालन गरिरहेको सामना परिवारमाथी प्रहरीले पटकपटक अनावश्यक दमन गरिरहेको छ । प्रहरीले आफ्नो शान्तिपुर्ण कार्यक्रममा दमन,धरपकड गरेकोप्रती सामना परिवारले भर्त्सना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार