तीन बुदे सहमती कार्यान्वयन गर,एमसिसी सम्झौता खारेज गर: नेकपा

डेली न्युजराप्ती       २० आश्विन २०७८ १६:०१ मा प्रकाशित     662 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुरमा तीन बुदे सहमतीकार्यान्वयन,सम्पुर्ण राजबन्दीको रिहाइ तथा एमसिसी सम्झौता खारेजीको लागी बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
बिरोध प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले तिन बुदे सहमती कार्यान्वयन तथा एमसिसि सम्झौता खारेजीको माग गरेका हुन। कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य निर्मलले सरकार र आफ्नो पार्टी बिच भएको तिन बुदे सहमती इमानदारीपूर्वक कार्यान्वयन गर्न माग गरे। नेता निर्मलले आफुहरु इमानदारीपूर्वक सहमती अनुसार अघि बढेको तर राज्य सहमतीप्रती इमानदार नबनेको बताए। नेता निर्मलले सहमती अक्षरंस पालना गरि सम्पुर्ण राजबन्दी रिहाई नगरे आफुहरुले कडा संघर्ष गर्ने चेतावनी दिए।

यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख किरणले तत्कालिन नेकपा(माओवादी) को ४० सुत्रीय माग बेवास्ता गर्दा देशमा जनयुद्ध भएको स्मरण गर्न सरकारलाइ चेतावनी दिएका थिए। उनले भने,” हामी हिजोपनि शान्तिपुर्ण ढंगले अघि बढ्यौ,आजपनी हामी शान्तिपूर्ण ढंगले नै अघि बढ्न चाहान्छौ”। तीन बुदे उल्लंघन गरेर आफुहरु संग भएको सहमतिलाई कार्यान्वयन नगरे देश युद्धको भुमरीमा फस्ने नेता किरणको चेतावनी थियो। एमसिसि जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने दुस्साहस नगर्न नेता किरणको उद्घोष थियो। सम्पुर्ण नेपाली जनताहरु एमसिसीको विरुद्ध रहेको र जनताका विरुद्धमा फैसला गर्ने मुर्खता नगर्न किरणले चेतावनी दिए। एक फरक प्रसंगमा नेता किरणले गएराती करिव ९ बजे आफ्ना नेता-कार्यकर्तामाथी मदिरा सेवनले मातिएका केही अराजक समुहले भौतिक आक्रमण गरेको भन्दै त्यसको घोर निन्दा भर्त्सना गर्नुकासाथै अपराधिलाइ कार्वाही गर्न प्रशासनलाई ध्यानाकर्षण गराएका थिए।
कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटीका सदस्य अमरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार