नेकपा दाङले आज घोराही , तुलसीपुर , भालुबाङ र हापुरेमा भव्य प्रदर्शन गर्ने

डेली न्युजराप्ती       १ पुष २०७९ ०९:१४ मा प्रकाशित     160 No Comments

दाङ : नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपतिसमक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्दको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङले पनि पार्टी केन्द्रद्वारा घोषित कार्यक्रम अनुसार जिल्लामा आज पौष १ गते जिल्लाको घोराही , तुलसीपुर ,भालुबाङ र बबइमा प्रदर्शन गर्ने जनाएको छ ।

यस्तै नेकपा दाङले पौष २ गते घोराही , तुलसीपुर , लमही र श्रीगाउमा कोणसभा गर्ने , ३ गते जिल्ला सदरमुकाम घोराहीमा अन्तरक्रिया अन्तर्किया गर्ने , पौष ४ गते बेलुका जिल्लाका नगर-उपमहानगर पालिका र गाउँपालिकामा भव्य मशाल जुलुस गर्ने र ५ गते बिहान १०- ११ बजेसम्म घोराही , तुलसीपुर , लमही , शान्तिनगर र हापुरेमा चक्काजामको कार्यक्रम गर्ने पार्टीका जिल्ला सेक्रेटरी जनक सीले डेलिन्युजराप्तीलाई बताए ।
ओली सरकारसङ्ग नेपाल कम्युनिस्ट पार्टीले २० महिना अघि गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा आफ्ना विषयहरु राख्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फिर्ता लिने, बन्दी बनाइएका नेता कार्यकर्ता रिहाई गर्ने र उनीहरुमाथि राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दाहरु खारेज गर्ने सहमति भएको थियो तर नेकपामाथिको प्रतिबन्ध फिर्ता लिएपनि बन्दिहरुको रिहाइ र मुद्दाहरू खारेज नभएकाले नेपाल कम्युनिस्ट पार्टी र देउवा सरकार बिच पटकपटक वार्ता र छलफल भएका थिए ।
तीन बुँदे सहमतिलाई पूर्णता दिने र मुलुकमा शान्तिपूर्ण वातावरण निर्माण गर्ने उदेश्यले अघि बढाइएको अध्यादेश विरुद्ध षड्यन्त्र हुने र मुलुक फेरि द्वन्द्व, अस्थिरता र असहज दिशामा जाने तथा त्यसक्रममा बाह्य हस्तक्षेप बढ्ने खतरा रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोसणा गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार