हेमन्तप्रकाश वली ।
पौष ८,तुलसीपुर । दश वर्षे महान जनयुद्धका सहिद हिरालाल चौधरी(जलन)का बुवा हिउँदे चौधरीको दुखद निधन भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-८ टिकरी निवासी चौधरीको हिजो बेलुका ७३ वर्षको उमेरमा दुखद भएको हो ।
दिवंगत हुनुभएका बुवा चौधरीको आजै तुलसीपुर स्थित कटकुईया घाटमा अन्त्येष्टि गरिएको छ ।
दिवंगत बुवा हिउँदे चौधरीको पार्थिव शरीरमा नेकपा (माओवादी) र नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
अन्त्येष्टि सहित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी)का पिबिएम शितल सी , केन्द्रीय सदस्यहरु सविन सी , सम्झना सी , प्रदिप सी , विकाश सी , तिलक सी , जिवनी सी र नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धन बहादुर मास्की (राजेश) लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।


दिवंगत बुवा हिउँदे चौधरीका जनयुद्धका सहिद जलनसहित ४ जना छोरा र १ छोरी छन। उहाँ टिकरी गाउँको मत्वा समेत हुनुहुन्थ्यो ।
उहाँ पन्चायतकालमा वडा अध्यक्ष समेत हुनुभएको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.