गंगादेव गाउँपालिका: माओबादी केन्द्र परित्यागगरि विप्लब नेकपामा प्रवेशको लहर

डेली न्युजराप्ती       २९ चैत्र २०७८ ०६:३२ मा प्रकाशित     310 No Comments


चैत्र २८, रोल्पा । स्थानीय चुनाव नजिकिदै गर्दा रोल्पा गंगादेवमा नेकपा माओबादी केन्द्र परित्याग गर्नेहरुको लहर बढेको छ । रोल्पा गंगादेव गाउँपालिका २ नम्बर वडामा माओबादी केन्द्र परित्यागगरि पार्टीको वडा सहसचिव सहित ३२ जना विप्लब नेतृत्वको नेकपामा प्रवेश गरेका छन ।

नेकपा केन्द्रिय सदस्य चुडामणि वली ‘आदर्श’ले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा भरत बहादुर पुन मगर, टेक बहादुर घर्ति, दर्शन केसी, नबिन बि.क, दल बहादुर बिक, नन्द बहादुर बि.क, प्रेम बहादुर पुन, कमला घर्ति, मिना बि.क.-थापा, जैसरा खत्री, लक्ष्मी के.सी., मोहन वली, तिल बहादुर पुन, भक्त बहादुर के.सी, लोकेन्द्र घर्ति, भिम बहादुर बि.क., हरि प्रसाद के.सी., भिम बहादुर पुन, बिर बहादुर घर्ति, हरि बहादुर खत्री, कुल बहादुर खड्का, मोति कला बि.क., सिता बि.क., बुदिराम पुन, राम कुमार पुन, दिपा खत्री, मन्जु के.सी., भुमि सुनार, प्रशाराम घर्ति, हरि बहादुर पुन, गङ्गा खत्री र पम्पी घर्ति रहेका छन् ।
माओबादी केन्द्रका जनप्रतिनिधिहरु भ्रस्ट भएको भन्दै नेकपामा प्रवेश गरेको भरत बहादुर पुनले बताए । उनीहरुले स्थानीय सरकारप्रति निकै असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार