अखिल (क्रान्तिकारी)ले भन्यो ‘व्यक्ती होइन व्यवस्था बदलौ’

डेली न्युजराप्ती       ३० कार्तिक २०७९ १०:२५ मा प्रकाशित     148 No Comments

कार्तिक ३०, तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले मंसिर ४ को संसदीय निर्वाचनका विरुद्ध पोस्टर सार्वजनिक गरेको छ ।
संगठनको केन्द्रीय समितीद्वारा सार्वजनिक गरिएको पोस्टरमा व्यक्ती होइन व्यवस्था बदल्न अपिल गरिएको छ ।

अखिल (क्रान्तिकारी)ले संसदीय व्यवस्थाको संघीय सरकारले गर्न लागेको आसन्न मंसिर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई गाउँ/शहरबाट खारेज गर्ने अभियान देशव्यापी तीव्र रूपमा सञ्चालन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका जवस/मोर्चाहरुले मंसिर ४ को चुनावलाई खारेज गर्न अभियान थालेका हुन ।

पार्टीको केन्द्रीय नीति बमोजिम देशभरका जिल्लाजिल्लामा नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनवर्गीय संगठन र मोर्चाहरुले चुनाव खारेज अभियानलाई सशक्त रुपमा अगाडि बढाएका छन । खारेज अभियान अन्तर्गत दिनहुँजसो जिल्लाजिल्लामा भण्डाफाेर सभा, काेणसभा, घरदैलो सभा, मसाल जुलुस, अपिल पर्चा वितरण, पाेस्टरिङ, भित्तेलेखन कार्यलाई तिब्रता दिइएको छ ।

देशभरका जिल्लामा नेकपाका नेता कार्यकर्ताहरुले चुनाव खारेजीको अपिल पोष्टरसहित आसन्न मंसीर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा भोट नहाल्न अपिल गरिरहेका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले संसदीय चुनाव खारेजको पाेष्टर सार्वजनिक गरेको छ ।
दलाल पूँजीवादी सत्ताको चुनाव खारेज गराैँ! एकीकृत जनक्रान्तिमा अगाडि बढाैँ !! मूल नारासहित नेकपाले पाेष्टर सार्वजनिक गरेको छ भने सो पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पनि आसन्न मंसिर ४ को संसदीय निर्वाचन खारेजीका लागि पोस्टर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार