सुदिपको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो: शितल

डेली न्युजराप्ती       १६ माघ २०७८ १९:३७ मा प्रकाशित     398 No Comments


नेकपा दाङद्वारा सुदिपको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले मृतक सुदिपको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताउनुभएको छ।

नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य नर बहादुर घर्ती(सुदिप)को स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेता शितलले उक्त कुरा बताउनुभएको हो।
पार्टी केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले मृतक सुदिप जनयुद्धदेखि एकीकृत जनक्रान्तीसम्म आइपुग्दा निरन्तर क्रान्तिको यात्रामा अबिचलित ढंगले अगाडि बढेको बहादुर योद्धा भएको समेत बताउनुभएको थियो। उहाले जनयुद्धको मुल नेतृत्वको बैचारिक बिचलनका विरुद्ध बिद्रोह गर्दै एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि निरन्तर मुक्ती अभियानमा लामबद्द हुने सुदिप जस्तो क्रान्तिकारी योद्धा गुमाउदा सिंगो पार्टीपंक्ती स्तब्ध एवम मर्माहत भएको समेत बताउनुभयो।
नेता शितलले सुदिपले देखेको वैज्ञानिक समाजवाद प्राप्तीको सपना पार्टीले एकीकृत जनक्रान्ती मार्फत पूरा गरिछाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको हो।
सुदिपको परिवार पार्टीको परिवार भएकाले उहाँका छोराछोरी पार्टी छोराछोरी हुन। सम्पुर्ण परिवारको जिम्मेवारी  हाम्रो  पार्टीले लिन्छ,नेता शितलले भन्नुभयो”।
नेता शितलले मृतक सुदिपप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारजन,पार्टीपंक्ति,इष्टमित्रप्रती गहिरो समबेदना व्यक्त गर्नुभएको हो।

श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिनले सुदिपको अकल्पनीय मृत्युको क्षति पुर्ती गर्न सुदिपको  मुक्ती अभियानलाइ पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। सुदिप हिडेको समाज रुपान्तरणको महान अभियान पूरा गर्नु भनेको नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नु हो,नेता सबिनले भन्नुभयो।

यस्तै कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य एवम रुकुम पश्चिमका जिल्ला इन्चार्ज बिश्वले सुदिपले देखेका सपना साकार पार्न यो व्यवस्था जरैदेखि उखेलेर फाल्नुपर्ने बताउनुभयो। उहाले भन्नुभयो,”सुदिपप्रती सच्चा श्रद्धाञ्जली त्यतिबेला हुन्छ जतिबेला हामी संसदीय व्यवस्थाको चिहानमा जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवादको झण्डा फहराउछौ”।

श्रद्धाञ्जली मन्तव्य राख्दै कार्यक्रमका अतिथी नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य सीता बिक(सम्झना)ले सुदिपको अकल्पनीय मृत्युको शोकलाइ शक्तीमा बदलेर क्रान्तीमा लामबद्ध हुनुपर्ने बताउनुभएको थियो।
यस्तै कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले सुदिपको दुखद निधनले सिंगो पार्टी र समाजलाइ क्षती पुगेको बताउनुभएको हो। उहाले सुदिप जस्तो जुझारु क्रान्तिकारी योद्धा गुमाउदा आफुहरु स्तब्ध भएको समेत बताउनुभएको थियो। नेता पाटनले सुदिपले देखेको जनताको आफ्नै राज्यसत्ता प्राप्तीको सपना नेपालका लाखौं युवाहरु एकीकृत जनक्रान्तीमा गोलबन्द भएर पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको हो।
कार्यक्रममा मृतक सुदिपका कान्छा भाइ टोपसिंह घर्तीले श्रद्धाञ्जली मन्तव्य राख्दै मृतक सुदिपको निधनले सिंगो समाज स्तब्ध भएको बताउनुभएको थियो। उहाले मृतक सुदिप १५ बर्षदेखि निरन्तर वर्गसंघर्षमा होमिएको एक सच्चा क्रान्तिकारी योद्धा भएको समेत स्पष्ट पार्नुभएको हो।

कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै घोराही उपमहानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डागिले सिंगो देशले समाज रुपान्तरणको पक्षमा निस्वार्थ ढंगले अघि बढ्ने एउटा आशालाग्दो युवा गुमाएको बताउनुभएको थियो। उहाले बर्गीय आन्दोलनमा कल्पना समेत नगरेका मान्छेहरुमा बैचारिक बिचलन पैदा भएको तर सुदिप देश र जनताको मुक्तीका खातिर निरन्तर आन्दोलनमा सक्रिय रहेको स्मरण गर्दै होनहार युवा गुमाउदा आफू स्तब्ध भएको समेत बताउनुभएको थियो।

यस्तै कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै झिंगौरा टोल बिकास संस्थाका कोषाध्यक्ष घनश्याम चौधरीले मृतक सुदिप समाज रुपान्तरणको महान अभियान हिडेको एउटा असल छिमेकी,असल नागरिक भएको बताउनुभएको थियो। उहाले सुदिपको मृत्युले सिंगो टोल बिकास संस्था,स्थानीय आम जनसमुदायहरु शोकमा डुबेको बताउनुभएको थियो।
नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य द्वय सबिन, विश्व,नेकपा बिशेष कमिटी सदस्य द्वय सम्झना र बिक्रम,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,मृतक सुदिपका बुवा गनसिंह घर्तीमगर,श्रीमती कृष्णी श्रेष्ठ,भाइहरु टोपसिंह घर्तीमगर,बिर्समान घर्तीमगर,बहिनी सबिता पुनमगर,युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक,घोराही-१४ का वडा अध्यक्ष शक्तिराम डागी,झिंगौरा टोल बिकास संस्थाका कोषाध्यक्ष घनश्याम चौधरी,स्थानीय अगुवा बिहानी चौधरीको आतिथ्य रहेको थियो।
नेकपा दाङका सेक्रेटरी प्रदिपको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम घोराही उपमहानगरका इन्चार्ज निर्मलले गर्नुभएको थियो।
नेकपा दाङका बिशेष कमिटी सदस्य नर बहादुर घर्ती(सुदिप)को २०७८/१०/११ गतेका दिन तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत राप्ती राजमार्गको तुलसीपुर- सल्यान सडक खण्डमा बाटो निर्माण हुँदै गरेको र सहायक बाटोबाट तुलसीपुरतर्फ आउदै गर्दा बाटो माथिबाट पहिरो झरिरहेको र उक्त पहिरोमा परेर दुखद निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार