हेमन्त प्रकाश ओली ।
मंसिर ८ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले अग्रगामी क्रान्तिकारी परिवर्तनका लागि विप्लवको अनिवार्यता रहेको जिकिर गरेका छन् ।
शुक्रबार सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै नेता भरतले उक्त ठोकुवा गरेका हुन् ।
पार्टीको १०औ पुनर्गठन दिवसको शुभकामना व्यक्त गर्दै उनले दस वर्षमा पार्टीको मुख्य उपलब्धि पुरानो दलाल पुजीवादी सत्ता र शासक असफल भएको सन्दर्भमा यसको बैज्ञानिक ( समाजवादी ) विकल्प दिने नेतृत्वदायी शक्तिको रूपमा पार्टी नेतृत्व ( विप्लव ) स्थापित हुनुलाई जनाएका छन् ।
नेता भरतले सजिलोसँग परिवर्तन खोज्ने जनताको सहज बुद्धिको परिणामका कारणले दुर्गा प्रसाईं र महेश बस्नेतका पछाडी केही युवाहरु लागेको भएपनी परिवर्तन नियम सहज नभई कठोर हुने भएकाले क्रान्तिकारी परिवर्तनको असली हिरो विप्लव भएको र उनको प्रवेश निर्णायक चरणमा हुने बिश्वास व्यक्त गरेका छन् ।
दुर्गा प्रसाईले प्रतिगामी (राजा फर्काउने ) र महेशले यथास्थितिवादी ( सरकार बदल्ने) परिवर्तनको नेतृत्व गरेकोले समस्याको सहि समधान दिन नसक्ने नेता भरत सीले दाबी गरेका छन् ।
यस्तो छ उनको स्टाटस:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.