कमरेड पुष्पलालको ४४औं स्मृती दिवसको अवसरमा सङ्गीत अभियात्राले गर्यो सङ्गीत समर्पण

डेली न्युजराप्ती       ७ श्रावण २०७९ २१:४१ मा प्रकाशित     164 No Comments


७ श्रावण ०७८/कमल विश्वकर्मा, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालको स्मृति दिवसको अवसरमा सङ्गीत अभियात्रले संगीत समर्पण गरेको छ। शनिबार काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन बोर्डको को हलमा भएको कार्यक्रममा प्रगतिशील जनगायकहरुले विभिन्न साङ्गीतिक प्रस्तुति हरू दिएका थिए। सङ्गीत अभियात्रा एउटा प्रगतिशील जन गायकहरुको साँझा मञ्च हो जस्ले हरेक बर्ष पुष्पलालको स्मृती दिवसको अवसरमा साङ्गीतिक कार्यक्रम गर्दै आएको छ।सोही क्रममा आज कार्यक्रम भएको हो।
नेता पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनका एक इमान्दार नेता मानिनुहुन्छ उहाँको सम्मानमा विभिन्न कम्युनिष्ट पार्टी र तिनका जनवर्गीय संगठनहरुले विभिन्न् कार्यक्रम गरी स्मरण गरेका छन। कार्यक्रममा उपस्थित विभिन्न पार्टीसंग आवद्ध कलाकारहरूले एउटै मञ्चबाट जनवादी गीत गाएका थिए। कलाकार हरूले एक पटक फेरी देश्मा सांस्कृतिक आन्दोलनका माध्यमबाट समाजवाद स्थापना गर्न देशैभरी आन्दोलनको आधीबेहेरी ल्याउन आवश्यक्ता रहेको औंल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार