नेकपाका महासचिव विप्लवद्वारा जहाज दुर्घटनामा परि मृत्यु भएका क्याप्टेन पोख्रेलका परिवारसंग भेटघाट

डेली न्युजराप्ती       २२ जेष्ठ २०७९ ०७:०२ मा प्रकाशित     523 No Comments


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गत जेठ १५ गते जहाज दुर्घटनामा मृत्यु भएका क्याप्टेन उत्सब पोख्रेलका परिवारसंग भेटघाट गर्नुभएको छ।

महासचिव विप्लवले शनिबार तारा एयरका २४ वर्षिय क्याप्टेन दिबंगत उत्सब पोख्रेलका ममतामयी आमा उषा पोख्रेल र बुवा मणिराम पोख्रेल तथा मृतकका अङकललाइ पशुपति आर्यघाटमा भेटघाट गरि समबेदना व्यक्त गर्नुभएको हो। साथै महासचिव विप्लवले दिबंगत क्याप्टेन उत्सब पोख्रेलप्रती भावपुर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको थियो।

गत जेठ १५ गते पाेखरा-जाेमसाेम उडानका क्रममा माैसमकाे खराबिले तारा एयरको जहाज दुर्घटनामा परि ३ जना चालक दलका सदस्य,१३ जना नेपाली यात्रु र ६ जना बिदेशी यात्रु सहित २२ जनाको दुखद निधन भएको थियो।
जहाज दुर्घटनामा परि निधनमा हुनुभएका प्रती नेकपाले बिज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार