देशभर चिसो बढ्यो

डेली न्युजराप्ती       २२ मंसिर २०७९ १५:०७ मा प्रकाशित     127 No Comments

काठमाडौ, २२ मंसिर । केही हप्ता यता देशभर चिसो बढेको महशुस हुन थालेको छ । मौषम पूर्वानुमान महाशाखाका अनुसार दैनिक सरदर दुई डिग्री सेल्सियसका दरले घटिरहेको छ । देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ। हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ। आज पनि देशका केही भुभागमा मौषम आंशिक बदली हुने संभावना छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार