हतियारधारी समुहद्वारा एन एम बी बैंकमा लुटपाट

डेली न्युजराप्ती       १६ जेष्ठ २०८० १९:०६ मा प्रकाशित     447 No Comments

काठमाडौं। महोत्तरीको औरही गाउँपालिका-२ स्थित औरही बजारमा रहेको एनएमबी बैंकमा हतियारधारी समूहले लुटपाट गरेको छ ।

पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागेको प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले बैंकबाट ३८ लाख रूपैयाँ लुटेर लगेको बताए ।

उनले भने, ‘लुटेराहरू पेस्तोल बोकेका थिए । मुख छोपेका लुटेराहरूको गतिविधि सीसी क्यामेरामा कैद भएको छ । खोजी गरिरहेका छौं ।’

लुटपाटपछि बैंक बन्द गरिएको छ । अहिले बैंक आसपास भिड बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार