बबईमा पार्टी कार्यकर्ताहरुलाइ प्रशिक्षण दिदै नेकपाले भन्यो ‘अब समाजवादी मोर्चा बनाएर लड्ने हो’

डेली न्युजराप्ती       २९ जेष्ठ २०८० २१:२७ मा प्रकाशित     215 No Comments

हेमन्त प्रकाश ओली ।
जेष्ठ २९ , तुलसीपुर । नेकपा बबई गाउँकमिटीले अगुवा कार्यकर्ता/ पार्टी सदस्यहरुसम्मको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आज सोमबार सम्पन्न प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले पार्टीले अब समाजवादी मोर्चा बनाएर लड्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले नेकपालेअब समाजवादी मोर्चा बनाएर दलाल पुजीवादी सत्ता र साम्राज्यवादका विरुद्ध लड्ने बताएका हुन् ।
उनले भने -‘ नेपालमा समाजवाद नभन्ने कुनै दल नै छैनन् । हामी समाजवाद चाहाने सबै कम्युनिस्ट पार्टीहरुसंग मोर्चा बनाएर अघि बढ्न तयार छौँ । अहिले राष्ट्रका विरुद्ध अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद प्रत्यक्ष रुपमा अतिक्रमणकारी ढंगले आएका छन् । यो बेला हामिले मुलुक बचाउने गरि सोच्नुपर्छ त्यसैले हामिले अहिले मुद्दा  र विचार मिल्नेहरुसंग पार्टी एकता र कम्तिमा समाजवाद चाहाने शक्तिहरुसंग मोर्चाबन्दीको कार्यनीति लिएका छौँ । हाम्रो पार्टीको नेतृत्वमा छिट्टै समाजवादी मोर्चा बन्छ ।’

नेता प्रदिप सीले मुलुकमा संसदीय व्यवस्था फेल भइसकेको समेत बताए । उनले थपे -‘ मुलुकमा संसदीय व्यवस्था पटकपटकको परिक्षणमा पुर्ण रुपले असफल सिद्ध भइसकेको छ । यहाँका शासकहरु यहीँ असफल भइसकेको व्यवस्थालाई घोटिरहेका छन् । यो व्यवस्थालाई जति जलप लेपन गरेपनी निकास हुँदैन बरु राष्ट्र र जनताको जीवन झन बर्बादितिर गइरहेको छ । यसको निकास भनेको यो सडेगलेको व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको निर्विकल्प बनेको छ । सबैले सोचौं , बेलैमा सोचौं संकटग्रस्त व्यवस्थाको विकल्पमा जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं।’

राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेकपा पश्चिम दाङका सचीव निर्मल सी , पार्टीका बबई गाउँकमिटी इन्चार्ज उज्ज्वल सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य हिक्मत सी , अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङका अध्यक्ष प्रकृति सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शुदर्शन सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य एवम सहिद परिवार मालती सी , सामना परिवार जिल्ला कलाकार विपना सीको आतिथ्य रहेको थियो ।

नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य हिक्मत सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पार्टीका जिल्ला सदस्य दिल बहादुर सीले गरेका थिए भने अध्यक्षता बबई गाउँकमिटीका सेक्रेटरी रण बहादुर सीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार