नेपाल कम्युनिस्ट पार्टी दाङले थाल्यो सुकुम्बासी बस्तीमा जनताको घर निर्माण कार्य

डेली न्युजराप्ती       ७ श्रावण २०७८ १०:१६ मा प्रकाशित     502 No Comments

हेमन्त वली श्रावण-५,दाङ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले जिल्लाको लमही नगरपालिका वडा नं.३ जखेरा टिकुलीगढ सुकुम्बासी वस्तीमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको छ।

वस्तीमा बस्ने रुकमान चौधरी बसिरहेको तत्कालको घर अत्यन्त जिर्ण अवस्थामा पुगेको भन्दै नया घर निर्माण गर्न लागिएको नेकपा दाङले जनाएको छ।

घर निर्माण शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य विक्रमले समाजलाइ सामुहिक चेतनाको बिकास गर्दै बैज्ञानिक समाजवादी मोडेल अनुसार पार्टीले जनताका घर-टहरा निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो।बैज्ञानिक समाजवादी राज्यव्यवस्था जनताको ,गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य,रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था भएको उहाको भनाइ थियो।नेता बिक्रमले संसदीय व्यवस्थाको चुनावमा भाग लिन्छन भन्ने भ्रम मात्रै भएको जिकिर गरे।उनले भने,”हामी जनमतसंग्रहको व्यवस्था चुन्ने निर्वाचनमा भाग लिन्छौ,संसदीय व्यवस्थाको व्यक्ती र पार्टी  चुन्ने चुनाव होइन”।उनले संसदीय व्यवस्था भनेको शासकहरुले जनतामाथि शोषण,दमन,लुटपाट गर्ने साधन भएको धारणा राखे।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका  अतिथी तथा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले आफुहरु नया ढंगले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अवलम्बन गर्दै बैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढ रहेको धारणा व्यक्त गरे।उनले आफुहरुले संचालन गरेको क्रान्तिबाट अत्तालिएर दलाल सरकारले प्रतिबन्ध लगाएको ठोकुवा गरे।

एक फरक प्रसंगमा सेक्रेटरी प्रदिपले आफुहरु प्रचण्डले जस्तो झुक्याएर राजनिती नगर्ने बताए।उनले भने,”हामी इमानदारी पुर्वक बैज्ञानिक समाजवाद प्राप्तिको दिशामा छौ,जनमतसंग्रहको एजेन्डा लिएर तपाईहरु संग छलफल गर्दैछौं”।उनले सुकुम्बासी वस्तीमा बसोबास गर्ने जनताहरु र आफ्नो पार्टी विच  नङ र मासुको सम्बन्ध भएको बताउदै कसैले यो वस्ती हटाएर जनतालाइ बिचल्लीमा पार्ने दुस्साहस नगर्ने जिकिर गरे।

घरको  शिलान्यास निर्माण स्थलमा इट्टा राखेर कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य बिक्रमले गरेका थिए। कार्यक्रममा नेकपा दाङ जिल्ला सदस्य डिल्ली, एकराज,नेकपा दाङ जिल्ला सल्लाहकार समितीका सदस्य द्वोय सौनी र मधुसुदनको आतिथ्य रहेको थियो।

पार्टी जिल्ला कमिटी सदस्य डिल्लीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन तथा अध्यक्षता नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार