कार्तिक १७ , दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम सी विप्लवले नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना व्यक्त गरेका छन् ।
महासचिव विप्लवले शुक्रबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै आजको खेलमा नेपाली क्रीकेट टिमलाइ बिजयको अग्रिम शुभकामना दिएका हुन् ।
उनले लेखेका छन् – ‘आज नेपाली क्रिकेट टिमले इतिहास रच्नेदिन ।
आजको खेलबाट नेपाली क्रिकेट टिमलाई विश्वकपमा सहभागी हुने ऐतिहासिक अवसर मिल्नेछ। दशकौँ पछी T- 20 विश्वकप खेल्ने नेपालको सपना पूरा हुने छ ।
नेपाल क्रिकेट टिमलाई बिजयको अग्रिम शुभकामना ।’
विप्लवले नेपाली क्रीकेट टिमले इतिहास रच्ने दिन भएको साथै आजको खेलबाट नेपाली क्रीकेट टिमलाइ बिश्वकपमा सहभागी हुने ऐतिहासिक अवसर मिल्ने बिश्वास समेत व्यक्त गरेका छन् ।
दशकौंपछि टि-२० बिश्वकप खेल्ने नेपालको सपना पूरा विप्लवको बिश्वास रहेको छ ।
नेपालले आज ११ बजे मुलपानी क्रीकेट मैदानमा टी-२० बिश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा युएईको सामना गर्दैछ । आजको खेल जिते नेपाल २०२४ मा संयुक्त रुपमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टि-२० बिश्वकप खेल्ने अवसर प्राप्त गर्नेछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.