दाङमा थप एक नेताले त्यागे माओवादी केन्द्र

डेली न्युजराप्ती       १० बैशाख २०७९ ०९:०२ मा प्रकाशित     777 No Comments


बैशाख १०,दाङ। दाङमा नेकपा(माओवादी केन्द्र) पार्टी परित्याग गर्नेको संख्या दिनानुदिन बढिरहेको छ।

यस्तै हिजो बैशाख ९ गते शुक्रबार जिल्लाको बबई गाउपालिका वडा नं.४ बस्ने हरि प्रसाद पौडेल शास्त्रीले माओवादी केन्द्र परित्याग गरेका हुन।
शास्त्रीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन।

पार्टी परित्यागको जानकारी दिदै शास्त्रीले लेखेका छन– ‘पार्टीको नेतृत्वले संघ देखि स्थानिय तह सम्म सिद्धान्त ,विधि ,बिधान,पद्दती ,आदर्श बिपरित पार्टी सन्चालन गर्ने,अन्य शक्तिले जस्तै बिबादास्पद सन्धी सम्झौता गर्ने,पार्टीमा एकाधिकार प्रवृत्ति लाद्ने,सम्मानजनक व्यबहार नगर्ने,मनोगत निर्णय गर्दै जाने लगाएतका बिबिध र बहुबिषयहरुमा चित्त नबुझेको हुदा अन्ततः मैले आजका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र)को सधारण सदस्य नरहने गरि स्वतन्त्र नेपाली नागरिक रहने ,कुनै अन्य पार्टीको सदस्यता नलिने तथा सदस्य नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछु।’

शास्त्रीले सामाजिक संजालमा लेखेको पार्टी परित्यागको पत्र यस्तो छ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार