विप्लव निकट अनेमसंघ क्रान्तिकारीद्वारा जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापनपत्र पेश

डेली न्युजराप्ती       १५ आश्विन २०८० १६:०४ मा प्रकाशित     377 No Comments

हेमन्त प्रकाश ओली।

असोज १५ , दाङ । नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला समिती दाङले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ ।

आज सोमबार संगठनका राप्ती तथा लुम्बिनी ब्युरो इन्चार्ज अशोका सी , संगठनका केन्द्रिय सदस्य कमला सी लगाएतको टोलिले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौंलाई महिला हिंसा अन्त्य लगाएतका मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

संगठनकि केन्द्रीय अध्यक्ष बन्धु सीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा महिला हिंसा अन्त्य , मिटरव्याज लघुबित्तले निम्त्याएको विकराल समस्याको अन्त्य , युवा पलायन र ठगिको अन्त्य , महिलाको पुर्ण सुरक्षा र रोजगारी , मुलुकको राष्ट्रियता सर्वाधिक संकटमा परेकाले त्यसको समाधानका लागि राज्यले ठोस पहलकदमी लगाएतका दर्जनौं मागसहितको ज्ञापनपत्रसमेत बुझाइएको संगठनकि केन्द्रीय सदस्य कमला सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।

ज्ञापनपत्रको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार