दाङमा घट्यो अचम्मको घटना , रमाइलोको लागि भन्दै दुई युवाले क्याम्पसमा बम पड्काए!

डेली न्युजराप्ती       ७ भाद्र २०८१ १७:३० मा प्रकाशित     123 No Comments

दाङ, ६ भदौ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विहीबार विहान करिब १० बजेतिर सुतली बम पड्काएर भाग्दै गरेको अबस्थामा घोराही उपमहानगरपालिका १५ निवासी प्लस टु सकेका अभियान थापा र सोही महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्कीलाई पक्राउ गरिएको हो ।

उनीहरु मोटरसाईकलमा आएर बम फालेका थिए । त्यही क्रममा भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी पड्केको स्थानबाट सुतली बमका टुक्राहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए ।

उनीहरुले रमाईलोकालागि बम पड्काएको बयान दिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार