नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तीका सहिद महानको शालिक निर्माण गर्ने

डेली न्युजराप्ती       १ जेष्ठ २०८१ १२:०१ मा प्रकाशित     162 No Comments

हेमन्त प्रकाश वली ।

जेठ १ , घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा ( क. महान )को शालिक निर्माण गर्ने भएको छ ।

आज मंगलबार घोराही स्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार भेटघाटमा सहिदको शालिक निर्माण गर्ने घोषणा गरेको हो ।

नेकपा दाङको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत प्रेस बिज्ञप्तीमा कम्युनिस्ट एकता र सहकार्य आजको आवश्यकता , अबको विकल्प नेपाली बिशेषताको समाजवाद , आत्मनिर्भर उत्पादन र जनउधमशिलता , नयाँ संस्कृति सी संस्कृति विषयक सर्वपक्षीय विमर्श र अन्तरक्रियाहरुको आयोजना गर्ने , पार्टीले सञ्चालन गरिरहेका उत्पादन केन्द्रहरुलाई व्यवस्थित गर्ने , जिल्ला पार्टीले विभिन्न कोषहरु सञ्चालन गर्ने , पार्टीको जिल्ला कार्यालय भवन निर्माण गर्न आवश्यक प्रक्रिया सुरुवात गर्ने , गुठि पिडित किसान र सुकुम्बासीहरुले जमिनको स्वामित्व कायम गर्न गरिरहेको संघर्षलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट थप पहल गर्ने निर्णय गरेको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै बिज्ञप्तिमा भ्रष्टाचारी , कालाबजारीया , लागुऔसध कारोबारी , मिटरव्याजी तस्करी विरुद्धको कारवाही प्रभावकारी बनाउन सरकारी निकायसंग सहकार्य , समन्वय र संघर्ष गर्ने , मापदण्ड बिपरित खोलानदीको दोहन गर्दै अवैध क्रसर उधोग चलाएर खोलानदी उजाड बनाउने कार्य बन्द गर्न सरोकारवालाहरुलाई सचेत गर्दै गम्भीर ध्यानाकर्षण गराउने टरिगाउँ बिमानस्थ्लको स्तरवृद्धि गर्न र नियमित उडान गर्न जोडदार माग गर्ने निर्णय गरिएको समेत स्पष्ट उल्लेख गरिएको छ ।

यस्तै किसानलाई मल बिउबिजनको सहज उपलब्धताको लागि सरकारी निकायको गम्भीर ध्यानाकर्षण गराउने , असारे विकासको विकृत नेपाली मोडेलमा भइरहेको चरम अनियमितता , भ्रष्टाचार , कमिसन र गुणस्तरहिन निर्माणको कामलाई कडा निगरानी गर्दै गुणस्तरीय निर्माण र छरितो सेवा प्रबाहको लागि पहल गर्ने निर्णय गरेको छ ।

तेस्रो आवधिक योजनाको प्रथम बैठकले यसअघिका तीन वटा जिल्ला समितीहरु एकीकृत गरि १२१ सदस्यीय जिल्ला समिती निर्माण गरिएको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु विकाश सी र जनक सी , प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी , नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसि लगाएतको आतिथ्य रहेको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा दाङका सेक्रेटरी तिलक सीले पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिकका लागि जारी गरेको प्रेस बिज्ञप्ति वाचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार