युवाहरूको काँधमा महत्वपूर्ण गहन जिम्मेवारी:वली

डेली न्युजराप्ती       २७ श्रावण २०७८ १७:०८ मा प्रकाशित     661 No Comments

तुलसीपुर उपमहानगरपालिका-३ को बैठक सम्पन्न
दोर्ण केसि श्रावण-२७,तुलसीपुर।
नेपाल कम्युनिष्ट पार्टीका तुलसीपुर नगर इन्चार्ज बिकाश वलीले युवाहरुको काँधमा महत्वपूर्ण र गहन जिम्मेवारी थपिएको एक कार्यक्रमका बिच जोड दिएका छन् ।
उनले पार्टी शान्तिपूर्ण ढंगले वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढेको परिस्थितिमा युवाहरुले लडाइ फरक र जनमुखी ढंगले संचालन गर्नुपर्ने धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टीको तुलसीपुर उपमहानगरपालिका वडा नं.३ वडा कमिटीको भेलालाई सम्बोधन गर्दै सो कुरामा जोड दिदै निकट भविष्यमै जनताको सत्ता जनताको हातमा हुने विश्वास व्यक्त गरेका थिए । तुलसीपुर उपमहा नगरपालिका वडा नं.३ का वडा सेक्रेटरी बालकृष्ण खरेलको अध्यक्षता एंव नेपाल कम्युनिष्ट तुलसीपुर नगर इन्चार्ज विकाश वलीको प्रमुख आतिथ्यता तथा सोही वडाका इन्चार्ज अम्मर सिंह केसीको बिशिस्ट आतिथ्यमा सम्पन्न सो बैठकमा सम्पूर्ण वडा कमिटीका सदस्यहरुको सहभागिता थियो।
बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नं.३ का वडा सेक्रेटरी बालकृष्ण खरेलको नेतृत्वमा एकजना पछि थप गर्ने गरि १७ सदस्यीय वडा कमिटी गठन गरेको छ । यस्तै बैठकले लागुऔंषध, कालोबजारीलाई कार्वाही गर्ने, मिटर ब्याजीहरुलाई पहिचान गरी कार्वाही गर्ने, जातिय छुवाछुत सम्बन्धि जनचेतना फैलाउने र कार्वाही गर्ने, एमसिसी सम्झौंता विरुद्ध भण्डाफोर गर्ने, एनसेलले गरेको करछली विरुद्ध संघर्ष गर्ने, भित्तेलेखन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार