नेकपा दाङले भोलि घोराहीमा मोटरसाइकल र्यालि गर्ने,किन हुदैछ र्याली? यस्तो छ कारण

डेली न्युजराप्ती       ५ मंसिर २०७८ १९:०४ मा प्रकाशित     678 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले भोलि मंसिर ६ गते घोराहीमा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ।
नेकपा दाङले आठौं पार्टी पुनर्गठन दिबसको अवसरमा चरणबद्ध पार्टी पुनर्गठन दिबसका कार्यक्रम अन्तर्गत भोलि घोराहिमा मोटरसाइकल र्याली गर्ने कार्यक्रम रहेको जनाएको छ। मंसिर ६ गतेदेखी पार्टी पुनर्गठन दिबस उत्सबका रुपमा मनाउन लागेको नेकपा दाङले जनाएको छ।
यस्तै मंसिर ७ गते नेकपाले जिल्लामा विभिन्न रचनात्मक कार्यक्रमहरु व्याडमिन्टन प्रतियोगिता,वक्तृत्वकला प्रतियोगिता लगाएतका कार्यक्रम गर्ने जनाएको छ। मंसिर ८ गते नेकपा दाङले जिल्लामा दिप प्रज्वलन,शुभकामना आदानप्रदान,युवा मार्च ,घरघरमा दिप प्रज्वलन गर्ने लगाएतका कार्यक्रमहरु गरि पार्टी पुनर्गठन दिबस भब्य उत्सबका साथ मनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार