आज उधौली पर्व!

डेली न्युजराप्ती       १० पुष २०८० ०७:४२ मा प्रकाशित     223 No Comments

प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदैछ । 

हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । 

किरात राईहरूको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किरातीहरू एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । 

आजको दिन किराती समुदायले उधौली वा धान्यपुर्णिमा मनाउने गर्दछन् । यता नेवारी समुदायले यःमरि पुन्हि वा ज्यापु दिवस आजै मनाउने गर्दछन्। 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार