नेपाल कम्युनिस्ट पार्टी दाङको ‘अप्रेसन मल खोजतलास अभियान’ सुरु

डेली न्युजराप्ती       २० असार २०८० ०५:३५ मा प्रकाशित     220 No Comments

हेमन्त प्रकाश ओली ।
असार १९ , दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले अप्रेसन मल खोजतलास अभियान सुरु भएको जनाएको छ ।
सो पार्टीका राप्ती ब्यूरो इन्चार्ज सविन सीले मंगलबार सामाजिक संजाल फेसवुकमा एक स्टाटस लेख्दै मल खोजतलास अभियान सुरु गरिएको जानकारी गराएका हुन्।

नेता सविनले सेटिङवालाहरुको हातमा मल कब्जामा गएको आशंका गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् – ‘साल्ट ट्रेडिङ , कृषि सामग्री संस्थानका केहि कर्मचारी , उपमहानगरनगरपालिका भित्रका सेटिङवालाहरुले  मलको माग उपल्लो निकायमा नगरेको भन्ने सुचना छ । तस्कर , ब्यापारीलाई सहयोग पुर्याएर चर्को मुल्यमा किसानलाई मल किन्न बाध्य पार्ने घोराही तुलसीपुर तिरका सेटिङवाला विरुद्ध नेपाल कम्युनिस्ट पार्टी दाङको अप्रेसन मल खोजतलास अभियान  सुरु भएकोले मल सम्बन्धि कुनै सुचना भए जानकारी गरिदिनुहोला  ।’

नेकपाका राप्ती ब्युरो इन्चार्ज सविन सीले लेखेको स्टाटस यस्तो छ :-
आकासे पानीले सिँचाइको समस्या घटाएपनी मलको समस्याले किसानलाई हैरान बनाइरहेको अवस्था छ । प्रचण्ड सरकार भन्छ मल प्रयाप्त छ , कुरा त्यसो हो भने यता सेटिङ वालाहरुको हातमा मल कब्जामा गएको देखिन्छ  । साल्ट्ट्रेडिङ , कृषि सामग्री संस्थानका केहि कर्मचारी , उपमहानगरनगरपालिका भित्रका सेटिङवालाहरुले  मलको माग उपल्लो निकायमा नगरेको भन्ने सुचना छ । तस्कर , ब्यापारीलाई सहयोग पुर्याएर चर्को मुल्यमा किसानलाई मल किन्न बाध्य पार्ने घोराही तुलसीपुर तिरका सेटिङवाला विरुद्ध नेपाल कम्युनिस्ट पार्टी दाङको `अप्रेसन मल खोजतलास ´अभियान  सुरु भएकोले मल सम्बन्धि कुनै सुचना भए जानकारी गरिदिनुहोला  ।
सम्पर्क – तुलसीपुर- प्रदीप सी ९८५७८२०३३३ , निर्मल सी ९८४५४५४३९७ , विकास सी ९८४७८५५९३९ ,
घोराही- सम्झना सी ९८६८६२२४७१ , जनक सी ९८५७८३८४३८
#मिसन आत्मनिर्भर उत्पादन अभियान १९ असार २०८० दाङ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार