सक्सेस एकाडेमीमा सातौ सक्सेस इको क्लवको निर्वाचन तथा समर सेलिब्रेसन सम्पन्न

डेली न्युजराप्ती       २८ बैशाख २०८१ २०:४७ मा प्रकाशित     316 No Comments

बैशाख २८, तुलसीपुर । तुलसीपुर ९ बेलुवा स्थित सप्तरंगी ईङ्गलिस मिडियम स्कुल (सक्सेस एकाडेमी) मा सातौँ सक्सेस इको क्लबको कार्यसमिती गठनका लागि निर्वाचन सम्पन्न गरिएको छ । विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाको वारेमा व्यवहारिक ज्ञान प्रदानका लागि उक्त कार्यक्रम सम्पन्न गरिएको विद्यालयका मा.वि. कोर्डिनेटर विमल नेपालले जानकारी दिनुभएको छ ।

कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी रहेको निर्वाचन कायक्रममा ७ पदका लागि ३२ जना उमेदवारहरुको बिचमा प्रतिस्पर्धा रहेको थियो । उक्त कार्यक्रमको निर्वाचन समितिमा शिक्षक शेर सिंङ डाँगी, नेत्रमणी पाण्डे, मनमोहन वली र नन्दु खराल रहनु भएको थियो । इको क्लवले विद्यालय तथा समुदायको वातावरण संरक्षणसँगै विद्यालय स्तरिय विविध अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको जानकारी विद्यालयका सहायक प्रिन्सिपल गोपाल गिरीले दिनुभएको छ । आजै सम्पन्न मत गणनाका अनुसार अध्यक्ष पदमा कक्षा १० का प्रमोद के.सी. १८० मत सहित विजय भएका छन् । निर्वाचित अध्यक्ष प्रमोद के.सी. का निकटतम प्रतिद्धन्दी सुजन विकले १०४ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा रक्षा गिरी, सचिव पदमा अर्जुन धिताल, कोषाध्यक्ष पदमा मुस्कान वली,खुल्ला सदस्य पदमा अमर वली र बिशाल न्यौपाने र खुल्ला छात्रा सदस्य पदमा पुजा खासु विजय भएकी छिन् । निर्वाचित पदाधिकारिलाई सपथ ग्रहण यही बैशाख ३१ गते सम्पन्न गरिने भएको छ ।

साथै विद्यालयको पूर्व प्रा.वि. तह अन्तर्गत समर सेलिब्रेसन  कार्यक्रमको पनि आज उद्घघाटन गरिएको छ । विद्यालयकी पूर्व प्रा.वि. कोर्डिनेटर यमुना पुनका अनुसार आज उद्घघाटन कार्यक्रम अन्तर्गत कक्षा नर्सरी मा अध्यनरत करिब १०० विद्यार्थीहरुलाई विविध बालमैत्री खेलकुद तथा गर्मी महिनामा अपनाउनुपर्ने सावधानी र खानुपर्ने खाना तथा फलफुलको बारेमा जानकारीसँगै फलफुलहरु प्रदान गरिएको थियो । साताव्यापी रुपमा मनाइने उक्त समर सेलिब्रेसन उत्सव अन्य कक्षाहरुमा समेत सञ्चालन गरिने जानकारी विद्यालयका प्रिन्सिपल प्रदिप वलीले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार