पुँजीवादको असफलताका कारण दुर्गा प्रसाईहरु जुरमुराएका छन : माइला सी

डेली न्युजराप्ती       ८ मंसिर २०८० २१:३१ मा प्रकाशित     88 No Comments

शोभराज बराल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य माइला सीले पुँजीवादको असफलताका कारण दुर्गा प्रसाईहरु जुरमुराएको बताएका छन् । पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा काठमाडौं जिल्ला नम्बर १ र २ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माइला सीले पुँजीवादको असफलताका कारण दुर्गा प्रसाईहरु जुर्मुराएको बताएका हुन् ।

शुक्रबार काठमाडौंको थहिठीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रमा जनताका अपेक्षा पुरा हुन नसकेपछि जनतामा निरासा पैदा भएको बताए । ‘हामीले नेपालमा समाजवाद ल्याउने भनेर लडेको हो तर समाजवादको ठाउँमा दलाल पुँजीवाद आयो ।’, उनले भने, ‘दलाल पुँजीवाद वा प्ुँजीवादका कारण नेपालमा प्रतिगामीहरुको उदय भयो । त्यसको परिणाम दुर्गा प्रसाई हुन् ।’

उनले गणतन्त्रका मालिकहरु ठगहरूसँग मिलेर राज्य संचालन गर्न थालेपछि नेपालका व्याकारीलाई समस्या भएको जिकिर गरे । ‘नेपालको बजारको हिस्सा काठमाडौंका नेवारहरुको कब्जामा थियो । गणतन्त्रपछि त्यो माडेहरुको कब्जामा गयो ।’, उनले भने, ‘माडेहरुले नेपालमा दलाली गर्न थाले । त्यसको प्रभावमा राज्य संचालकहरु परे । नेपाली व्यपारीहरुको व्यापार डुब्न थाल्यो । नेपालीहरु विदेशीन बाध्य भए, नेपालको ब्यापर उनीहरुको कब्जामा गयो । त्यही कारण गणतन्त्र संकटमा आयो ।’

उनले दुर्गा प्रसाईका केही मागहरु जायज भएको बताउँदै नेपालमा राजा फर्किने कुरा सम्भव नभएको जिकिर गरे । गणतन्त्रलाई दलाल पुँजीपतिले कब्जा गरेको भन्दै उनले त्यसका कारण नेपालका नेवार समुदायको व्यापार चौपट भएको बताए । २५० वर्षसम्म राज गरेको राजतन्त्रको पक्षमा धेरै जनता हुनु स्वभाविक भएको भन्दै नेपालमा राजा फर्किने कुरा दिवा सपना भएको उनको ठोकुवा थियो ।राजा फर्किने कुरा समस्याको समाधान नभएको बताउँदै उनले भने, ‘नेपाल संकटमा छ, यसको समाधान पनि छ ।’, उनले भने यसको समाधान भनेको वैज्ञानिक समाजवाद हो । यो सँकटको समाधान नेपाली विशेषताको समाजवाद हो । तर राजतन्त्र होइन, सामान्तवाद होइन् ।’

नेकपा समाजवादका लागि लडिरहेको भन्दै समाजवाद नआउँदा सम्म आफ्नो संघर्ष जारी रहने बताए । ‘हामी समाजवाद ल्याएरै छोड्छौं । तपाई हामीलाई सहयोग गर्नुहोस् । हाम्रो कमजोरी पछि भनिदिनुहोस् । हामी सुधार्दै जान्छौं ।’, उनले भने, ‘तर तपाईंहरु हामीलाई सहयोग गर्नुहोस् ।’

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले नेपालमा कुनैपनि हालतमा राजा नफर्किने ठोकुवा गरिन् । ‘नेपालमा पछाडि फर्किएर राजा ल्याउन जनता तयार छैनन् ।’, उनले भनिन्, ‘जनता अगाडि बढ्न चाहान्छन् । अब आउने भनेको नेपाली विषेशताको समाजवाद हो ।’

उनले नेपालका व्यापारीलाई कमजोर पारेर स्वाबासीहरूलाई सुकुम्बासी बनाएको भन्दै त्यसका विरुद्धमा संघर्ष गरिरहेको बताइन् । कार्यक्रमको अध्यक्षता काठमाडौं जिल्ला नम्बर १ सेक्रेटरी दिपक सीले गरेका थिए भने जिल्ला नम्बर २ का सेक्रेटरी ज्योति सीले संचालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार