नेकपा सल्यानद्वारा दिवंगत चन्दकाे स्मृतिमा वृक्षारोपण

डेली न्युजराप्ती       ३२ जेष्ठ २०८० २१:१८ मा प्रकाशित     146 No Comments

सल्यान: नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्ला सचिव मदन सीकी हजुरआमा सावित्री चन्दकाे स्मृतिमा वृक्षारोपण गरेको छ ।
८४ वर्षको उमेरमा गत जेठ २३ गते दिवंगत हुनु भएकी नेकपा सल्यान जिल्ला पार्टी सचिव मदन सीकी हजुआमाकाे श्रद्धाञ्जलीसभा आयोजना गरेर वृक्षारोपण गरिएको नेकपा सल्यानले बताएको छ ।
जिल्ला पार्टीद्वारा आयाेजित श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अनिल सीले पार्टीद्वारा सुत्रवद्व गरिएको सी संस्कृति तथा विश्व मानव समुदायको सी जातिबारे पार्टीको धारणा व्यक्त गरे ।
दार्मा गाउँपालिका वडा नम्बर ५ ढाकाडामकाेट स्थित दिंवगत सावित्रा चन्दकाे घरमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य भीम सी, जिल्ला सचिव मदन सी, पार्टीका दक्षिण जिल्ला सचिव कमरेड वीरबहादुर सी लगायत स्थानीय नेता, कार्यकर्ता तथा जनताको उपस्थित रहेको थियो ।
श्रद्धाञ्जलीसभामा हजुरआमा गुमाएका मदन सीले पुरानो मृत्यु संस्कारले आम मानिसलाई अलि बढि दुःख दिने भएकोले आफ्नो पार्टीले नयाँ संस्कार र संस्कृति निर्माण गरेको बताए । श्रद्धाञ्जली कार्यक्रम पछि वृक्षारोपण गरिएको थियो । वृक्षारोपणमा जिल्लामै पहिलो पटक वुद्वतित्तकाे बिरुवा राेपिएकाे नेकपा सल्यानले जनाएको छ। श्रद्धाञ्जलीसभालाई पार्टीका दार्मा गाउँपालिका इन्चार्ज मेस्सी सीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार