दोस्रो टेस्टमा भारतको जित

डेली न्युजराप्ती       १ भाद्र २०७८ १२:३७ मा प्रकाशित     662 No Comments


शिवराज वली,एजेन्सी।
इङल्याण्ड भ्रमणमा रहेको पाहुना टोलि भारतले इङल्याण्डसंग को दोस्रो टेस्टमा १५१ रनको फराकिलो जित दर्ता गरेको छ।
इङल्याण्ड को लर्डसमा भएको खेलमा जितका लागि इङल्याण्डलाइ २७२ रनको लक्ष्य थियो तर खराब सुरुवात गरेको इङल्याण्ड जम्मा १२० रनमै समेटिएपछी फराकिलो हार व्यहोरेको हो। जितसंगै भारतले ५ टेस्ट को श्रृङखलामा १-० को अग्रता लिएको छ। टस जितेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङसमा के एल राहुलको १२९ र रोहित शर्माको ८३ रनको मदतमा ३६४ रनको योगफल बनाएको भएपनी जो रूटको १८० र जोनि बेरेयस्टो ले ५७ रन जोडे पछि इङल्याण्ड ३९१ रन बनाउदै अग्रता लिएको थियो। दोस्रो इनिङसमा भारतले सामान्य सुरुवात गरे पनि नवौ विकेटका लागि जस्प्रीत बुम्राह र मोहम्मद शामी ले ८९ रनको साझेदारी संगै भारतले २९८ रन बनाएको थियो । पाँचौ दिनमा नै जवाफी ब्याटिङ गरेको इङल्याण्डले सबै विकेट गुमाउदै मात्र १२० रन बनाउन सक्यो। खेलमा भारत को के एल राहुल प्लेयर अफ द म्याच घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार