काठमाडौमा विप्लवको उपस्थितिमा सी जातिको अवधारणा विषयक विचार गोष्ठी काठमाडौमा हुँदै!

डेली न्युजराप्ती       २० चैत्र २०७९ ०७:१६ मा प्रकाशित     125 No Comments

काठमाडौ /नेपाली समाजमा विद्यमान जात व्यवस्था र त्यसद्वारा उत्पन्न विभेद एवम् छुवाछूत जस्तो निकृस्ट व्यवस्थाबाट मुक्ति प्राप्त गर्न नयाँ साम्यवादी जातिको रुपमा अधि सारिएको सी जातिको अवधारणाबारे बिचार गोस्टी हुने भएको छ।समाजलाई जातव्यवस्थाको पीडाबाट उन्मुक्त गर्ने उदेश्य सहित विकल्पको रुपमा प्रस्तुत अवधारणाबारे बिमर्श गर्न नेपाल कम्युनिस्ट पार्टी समर्थित श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रिय समितिले बिचार गोस्टी आयोजना गर्न लागेको हो।

चैत २१ गते दिउँसो १२ बजे काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने गोस्टीलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार