तुलसीपुर, १८ फागुन । दाङको घोराही -लमही सडकखण्ड निश्चित समयका लागी ८ दिन पुर्ण रुपमा बन्द हुने भएको छ । घोराही – लमही सडकखण्डको कुईरेपानी -लमही सडकखण्ड अन्तर्गत मोड सुधार गर्नुपर्ने भएकाले फागुन २२ गतेदेखी ३० गते सम्म बेलुका ७ बजेदेखी विहान ४ बजेसम्म पुर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । सवारी आवगमन पुर्ण रुपमा बन्द गरेर निर्माण कार्य गर्नुपर्ने भएको डिभिजन प्रमुख ईन्जिनियर रामपुकार जयसवालले जानकारी दिनुभयो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.