क्रान्तिका विरुद्धमा आउने जुनसुकै शक्तिका विरुद्ध निर्मम संघर्ष गरिनेछ : नेता प्रदिप

डेली न्युजराप्ती       १९ मंसिर २०७९ १६:३६ मा प्रकाशित     238 No Comments

मंसिर १९ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले क्रान्तिका विरुद्धमा आउने जुनसुकै शक्तीका विरुद्ध निर्मम संघर्ष गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
नेता प्रदिपले नेकपा दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको तेस्रो पुर्ण बैठकमा मन्तव्य राख्दै उक्त धारणा व्यक्त गर्नुभएको हो ।

बैठकमा मन्तव्यको क्रममा नेता प्रदिपले भन्नुभयो – ‘ अहिले हाम्रो पार्टी र नेतृत्व विरुद्ध नेपालको प्रतिक्रियावादी सत्ताका मतियार र साम्राज्यवादको भीषण आक्रमण भइरहेको छ । त्यो मात्रै होइन क्रान्तिबाट भागेका सुदर्शन-कन्चन लगाएतका भगौडाहरुले समेत साम्राज्यवादको डिजाइनमा पार्टी र क्रान्तिका विरुद्ध निर्मम प्रहार गरिरहेका छन । हामी यी सबै आक्रमणलाई निर्ममता पुर्वक संघर्ष गर्नेछौ । अन्ततः यी सबै कागजी बाघ सावित हुनेछन , क्रान्तिले जित्नेछन , नेपाली जनताले जित्नेछन ।’

नेता प्रदिपले न्यायपुर्ण आन्दोलनले कहिलैपनि संसारमा हारेको इतिहास नरहेको दावी गर्नुभएको हो । दुनियाँमा चलेका न्यायपुर्ण जनताको आन्दोलन हारेको इतिहास छैन ,‘उहाले भन्नुभयो – ‘ जनताको बलमा हामी यो संसदीय व्यवस्था ढाल्छौ । हामी एकीकृत जनक्रान्तीबाट नेपालमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

एक फरक प्रसंगमा बोल्दै नेता प्रदिपले क्रान्तिबाट पलाएन भएका कन्चन-सुदर्शन समुहका लठैतहरुले आफ्नो पार्टी , क्रान्ती र नेतृत्व विरुद्ध भ्रामक प्रचारवाजी गरिरहेकाले कोहिपनी भ्रमित नहुन आग्रह गर्नुभएको थियो ।

बैठकको अध्यक्षता नेकपा तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी शिवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार