नेकपा तुलसीपुर उपमहानगर कमिटीको पाचौं बैठक: एमसिसी विरुद्ध निर्मम संघर्ष गर्ने

डेली न्युजराप्ती       २५ पुष २०७८ ११:१७ मा प्रकाशित     440 No Comments


हेमन्त प्रकाश वली, पौष २४,दाङ। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीको पाचौं बैठक सम्पन्न भएको छ।
बैठकले राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध निर्मम संघर्ष गर्ने निर्णय गरेको हो। यस्तै बैठकले जवस/मोर्चाका वडा भेला तथा इकाइ कमिटी गठन गर्ने, सेल कमिटी गठन/पुनर्गठन गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको बताइएको छ।
नेकपा दाङका सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा बसेको बैठकमा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य नारायण भण्डारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य द्वय केशव थापा र पोषण बस्नेतको आतिथ्य रहेको थियो।
बैठकको अध्यक्षता तथा संचालन पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज/सेक्रेटरी बिकाशले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार