तुलसीपुरमा दादुरा – रुबेला विरुद्धको खोप अभियान शुरू

डेली न्युजराप्ती       ३१ जेष्ठ २०८० ०९:२८ मा प्रकाशित     93 No Comments

तुलसीपुर ३१ जेठ । तुलसीपुरमा आज देखि दादुरा रुबेला विरुद्धको खोप अभियान शुरू भएकाे छ । तुलसीपुर उपहानगरपालिकाका १९ ओटै वडाका सामुदायीक तथा निजि विद्यालयमा आज बाट ६ महीना देखि १५ वर्ष मुनिका विद्यालय जाने वा नजाने सबै बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन गरिएकाे हाे । यसैबीच आज सञ्चालन हुने खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई खोप लगाउन तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रर्वद्धन शाखाले सबैलाइ आग्रह गरेकाे छ ।

यी स्थानहरुमा खाेप लगाउने कार्यक्रम तय गरिएकाे छ ।

३ आज जेष्ठ ३१ गते खोप सञ्चालन हुने स्थान:
१) वडा नं.१– प्रावि गैरासिउरा÷अभिधारा÷दमारगाउँ १२५ जना
२) वडा नं.२ – ज्ञानोदय मावि बालापुर २३५ जना
३) वार्ड नं. ३ – मावि दमारगाउँ ३७५ जना
४)वार्ड नं ४ – गुरु जजुर मावि रक्षाचौर ८२४ जना
५) वार्ड नं ५ – तुलसी स्कूल १७५० जना
६)वार्ड नं ६ – डिभाइन स्कूल ७८० जना
७) वार्ड नं ७ –मावि कालाखोला ५७० जना
८)वार्ड नं ८ –शान्तिदीप बोर्डिङ ६३९ जना
९)वार्ड नं.९ –जन नमूना स्कूल ४५५ जना
१०) वार्ड नं १० – ग्यालेक्सी बोर्डिङ ५०० जना
११) वार्ड नं ११ –न्यू शान्ति बोर्डिङ ३०९ जना
१२) वार्ड नं १२ –महेन्द्र मावि ९०६ जना
१३)वार्ड नं १३ –आवि बराह खुटी २५० जना
१४)वार्ड नं १४ – बालमीतेरी भोजपुर ५४२ जना
१५)वार्ड नं १५ –मुना बोर्डिङ ५५० जना
१६) वार्ड नं १६ –लक्ष्मी मावि ललौरा ४१५ जना
१७)वार्ड नं १७ –मजगाउँ सा.भवन १२५ जना
१८)वार्ड नं. १८ –मावि सिर्जना बाटिका ४८७ जना
१९)वार्ड नं १९ –मावि भित्री सक्राम

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार