बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

डेली न्युजराप्ती       ४ बैशाख २०८० ०७:३४ मा प्रकाशित     221 No Comments


दाङ । सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ। ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ । सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी , अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार