असार २५,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर -१९ कुटेचौरका अनिल नेपालीको दुखद निधनप्रती समवेदना व्यक्त गरेको छ ।
मंगलबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी सहितको टोलि मृतक नेपालीको घरमै पुगि समवेदना व्यक्त गरेका हुन् ।
नेकपाका वडा समिती सदस्य ज्ञान बहादुर सार्कीका सुपुत्र तथा युवा संगठन नेपाल तुलसीपुर उपमहानगर कमिटी सदस्य अनिल नेपालीको १९ वर्षको अल्पायुमै असार २० गते दुखद निधन भएको थियो ।
नेपालीको दुखद निधनमा भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले भनेको छ – ‘ दुखद निधनले हामी स्तब्ध एवम मर्माहत भएका छौँ ।’
भावपुर्ण श्रद्धाञ्जली नोट जारी गर्दै दुखको घडिमा मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.