दाङमा नेकपाद्वारा दिनहुँ संसदीय निर्वाचन खारेजीका लागि मसाल जुलुस र कोणसभाको आयोजना

डेली न्युजराप्ती       ३० कार्तिक २०७९ १०:३१ मा प्रकाशित     240 No Comments

तुलसीपुर । विप्लव नेतृत्वको नेकपाले आसन्न मंसिर ४ को संसदीय चुनाव खारेजीको घोषणा गरेको छ । नेकपाले आगामी संसदीय निर्वाचन खारेजीका लागि देशव्यापी रुपमा शान्तिपुर्ण बिरोधका कार्यक्रमहरु दिनहुजसो गरिरहेको छ ।

दाङमा पनि नेकपाले संसदीय चुनावलाई खारेजीका लागि शान्तिपुर्ण ढंगले वालिङ , पोस्टरिङ , पर्चा वितरण , घरदैलो ,कोणसभा , पिढी सभा , चोक सभा , मसाल जुलुस लगाएतका कार्यक्रमहरु गरिरहेको छ ।

दाङमा नेकपाले तुलसीपुर,घोराही,लमही लगाएतका मुख्य सहरहरुसहित गाउँगाउँमा भव्य मसाल जुलुस प्रदर्शन सहित कोणसभाहरु दैनिकजसो आयोजना गरिरहेको छ । मसाल जुलुस,कोणसभा लगाएतका कार्यक्रममा नेकपाका सयौंको संख्यामा नेता – कार्यकर्ताहरुको उपस्थिति रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार